फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बास्कोटा

२०८२ कार्तिक १५, शनिबार

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति कटाक्ष गरेका छन्।

शुक्रबार साँझ ओलीले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेकाहरूलाई एकजुट हुन अपिल गरेका थिए। उक्त अपिलबारे गोकुलले फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको भन्दै कटाक्ष गरेका हुन्।

‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर नेपालका वाम्पन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्। मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता। कारण-गहिराइको चाप र नेतृत्वको राप,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार