काठमाडौं : कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा कृष्णपुरको बण्डका अन्दाजी ४२ वर्षीय बलबहादुुर बोहराको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए ।
घाइते अवस्थामा उद्दार गरिएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको उनले बताए । बसमा पाँच जना सवार थिए ।
दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका-३ दैजीका ४६वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





