घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

२०८२ कार्तिक १५, शनिबार

चितवन : घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ ।

माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो । बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए । बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार