मंसिर ६ गते एमालेले काठमाडौंमा जनसभा गर्ने

२०८२ कार्तिक १५, शनिबार

 काठमाडौं : नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो ।पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ ।

त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । ज्ञवालीले दिएको जानकारी अनुसार, कात्तिक २९ गते जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार