बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा

२०८२ कार्तिक १६, आईतवार

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ ।

आइतबार अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएको छ । अनियमितता भएको भन्ने  उजुरी आएपछि अख्तियारले आइतबार छापा मारेको हो । भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड लिएको आरोप छ ।

धम्क्याएर अस्पतालका भनेर रकम लगेको तर उक्त रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो । अख्तियारले छापा मार्दा २० लाखको हिसाब किताब भेटिएन नभेटिएको हो ।  ‘प्रारम्भिक अनुसन्धानका क्रममा २० लाखको हरहिसाब देखिन्छ । बाँकी रकम कहाँ गयो, केही पनि उल्लेख नभएको अख्तियारले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार