एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य नियुक्त

२०८२ कार्तिक १७, सोमबार

काठमाडौँ : एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।

बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्षे कार्यकालसहित सीईओको जिम्मेवारी दिइएको बैंकका कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिए ।

शाक्यले आगामी ३० दिनभित्र बैंकमा सीईओको कार्यभार सम्हाल्नेछन् । बैंक सञ्चालक समितिले शाक्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो। तीन दशक लामो अनुभव भएका शाक्य हाल नबिल बैंकको वरिष्ठ डेपुटी सीईओ हुन् । यसअघि उनी ग्लोबल आईएमई बैंक, जनता बैंक, सिभिल बैंक लगायतमा काम गरेको अनुभव छ ।

एनआइसी एसिया बैंकबाट तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो । शाक्यले कार्यभार नसम्हालेसम्म सन्तोषकुमार राठीले कायम मुकायम सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार