सीके राउतको रिटमा सुनुवाइका लागि पेसी तोकियो

२०८२ कार्तिक १७, सोमबार

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष सीके राउतले दल विभाजन रोक्न माग गर्दै दिएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

राउतको रिटको सुनुवाईको लागि सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ ।

यो रिटमा यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइ गरेको थियो । त्यसमा अहिलेसम्म भएका निर्णय यथास्थितिमा राख्न र छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार