निर्वाचनबारे निर्णय पार्टीको अधिवेशनले गर्छ : महन्थ ठाकुर

२०८२ कार्तिक १७, सोमबार

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने वा नलिने निर्णय आफ्नो पार्टीको अधिवेशनले तय गर्ने बताएका छन्।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले अधिवेशन कहिले गर्ने भन्ने विषयमा भने निर्णय नभएको बताए । विद्यापति स्मृति पर्वका अवसरमा आज जनकपुरधाममा आयोजित समारोहमा विद्यापतिको योगदान, महत्व तथा गरिमाको चर्चा गरे ।

सो अवसरमा कविता वाचनसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार