कात्तिक : पूर्वप्रानमन्त्री बाबुराम भट्टराईले १६ वर्षको उमेमै भोट हाल्न पाउने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएका छन् ।
जेन–जी पुस्ताको अत्यधिक प्रतिनिधित्व गराउन १८ वा कम्तीमा २१ वर्षको उमेरमै उम्मेदवार बन्न पाउने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।
भट्टराईले युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु उपयुक्त हुने सुझाव दिदै त्यसका लागि मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्न समेत सुझाएका छन् ।






