माओवादी महाधिवेशन आयोजक समिति पूर्ण बैठक सुरू

२०८२ कार्तिक १८, मंगलवार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरू भएको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो बैठक बसेको हो।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरू सहभागी छन् तर जनार्दन शर्मालगायत केही नेताहरू भने बैठकमा अनुपस्थित रहेका छन्। जनार्दन शर्माले पनि आजै पत्रकार सम्मेलन गर्दैछन्।

माओवादीले एकीकृत समाजवादीसहित ८ दलसँग एकता गर्न लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार