भोलि भृकुटीमण्डपमा ९ पार्टीबिच एकता घोषणा

२०८२ कार्तिक १८, मंगलवार

काठमाडौँ : नेकपा माओवादी केन्द्रसहितका ९ वटा पार्टीको एकता घोषणा बुधवार बिहान ११ बजे हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा हुने बताएका हुन् ।

साथै उनले एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताए । एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने दाबी गरे ।

‘अहिलेसम्मका उतारचढाव, घुम्ती र मोड पार गर्दै अव देश सम्मृद्धिमा जाने हामीले विश्वास गरेका छौँ’, मंगलबार बसेको माओवादी केन्द्रको अन्तिम बैठकपछि सापकोटाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।

उनले तत्काललाई माओवाद सिद्धान्त छाडेपनि माओका योगदानका सवालमा सजीव छलफल गरेर पुनर्स्थापित पनि हुन सक्ने समेत बताए । ‘बृहत् सजीव छलफल गरेर माओवाद पुनर्स्थापित पनि हुनसक्छ । तर अहिले एकता गर्नैपर्ने भएकाले मात्र हो’, सापकोटाको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार