काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार, उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् ।
अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।











