झलनाथ खनाल एमालेमै फर्कन सक्छन् : महेश बस्नेत

२०८२ कार्तिक १९, बुधबार

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमालेमा फर्कन सक्ने अड्कल काटेका छन्।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको भेटपछि महेशले यस्तो अड्कल काटेका हुन्।

‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले  भेट गर्नुभएको छ । भेट सकारात्मक रहेको छ ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ यसले पुराना एमाले नेताहरूबिचको सम्बन्ध सुधार भइरहेको सङ्केत दिन्छ।’

त्यस्तै उनले रामकुमारी झाँक्री समूहका नेता कार्यकर्ता पनि एमालेमै फर्कने विश्वास राखेका छन्। ‘रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार