घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक १९, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ११ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार १५ रूपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर २ हजार ९ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार