एमालेमा हामीलाई केही चाहिएको छैन, हाँसेर बोलिदिए पुग्छ : किसान श्रेष्ठ

२०८२ कार्तिक १९, बुधबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किने तयारी गरे नेता किसान श्रेष्ठले आफूहरुलाई कुनै पद नचाहिएको बताएका छन् । आफूहरु निशर्तरुपमा मूलघर फर्किन लागेको उनको भनाइ छ ।

आज आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले एमाले प्रवेश नभएर मुलघर फर्किन लागेको फर्किन लागेका हुन् ।

उनले भने, ‘हामी कसैसँग समाहित र एकताभन्दा पनि आफूले पसिना बगाएको, जीवन अर्पण गरेको मुलघर एमालेमा फर्किन लागेका छौं । मुलघर फर्किने क्रममा एमालेसँग वार्ता संवादमै छौं ।’

श्रेष्ठले आफूहरु कुनै पदको लागि शर्त नराखेको प्रष्ट पारे ।

उनले थपे, ‘हामीलाई मुलघरमा केही चाहिएको छैन । हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने मनसायले वार्ता र संवाद गर्छौं। हामीलाई निशर्त फर्किनका लागि एमालेले वातावरण बनाइदेओस्।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार