रवि भेट्न सिंहदरबार पुगिन् निकिता

२०८२ कार्तिक १९, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न पत्नी निकिता सिंहदरबार पुगेकी छन् ।

जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका रविलाई अहिले सिंहदरबार ल्याइएको छ । केहीबेरअघि निकिता पनि त्यहाँ पुगेकी हुन् ।

उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्नेछ । यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए ।

आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार