निकोलस भूसालविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप

२०८२ कार्तिक १९, बुधबार

काठमाडौं : विवादास्पद र भड्काउ अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भूसालविरुद्ध अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीविरुद्ध पाँच दिनको म्याद थप भएको हो । काठमाडौं जिल्ला अदालतले आज बुधबार भूसाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट मंगलबार पक्राउ गरेको थियो । उनी गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट पक्राउ परेका थिए । उनले यसअघि सामाजिक सञ्जालमार्फत् विवादास्पद अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार