नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : विष्णु पौडेल

२०८२ कार्तिक १९, बुधबार

लुम्बिनी : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधनमार्फत नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जेनजीका माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। “संविधानको रक्षा गर्दै देशलाई अघि बढउन र देशलाई संवैधानिक मार्गबाट अगाडि बढाउन प्रतिनिधिसभा पुनः स्थापना अनिवार्य छ”, उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एमाले प्रतिबद्ध छ।”

उनले संविधान गतिशील दस्तावेज भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै त्यसमा भएका कमजोरी संशोधन गर्न एमाले तयार रहेको बताए। उनले आगामी मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुने एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार