जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफल झाडीमा भेटियो

२०८२ कार्तिक १९, बुधबार

काठमाडौं : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, अनारमनी झापाबाट लुटिएको एक थान इन्सास राइफल बेवारिसे अवस्थामा फेला परेको छ ।

उक्त हतियार बुधबार दिउँसो बिर्तामोड नगरपालिका-६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक रहेको सिमल तरुलको झाडीबाट बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बुधबार अपरान्ह ४ : ४५ बजेको समयमा बिर्तामोड–६ को सुगम शान्ति टोलस्थित तोरीबारी नजिकै रहेको सिमल तरुलको झाडीमा हतियार लुकाइएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले सिरियल नम्बर ०३११००८७२ रहेको इन्सास हतियार एक थान, सोही हतियारको म्याग्जिन एक थान, १९ राउन्ड साबुत गोली र २ राउन्ड वेसाबुत गोली बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार