कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम जारी

२०८२ कार्तिक २०, बिहीबार

ललितपुर : यही असोज २८ गते प्रारम्भ भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

बुधबार बिहान ११ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा नेताहरूले आआफ्ना भनाइ राखे ।

बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर केसी, अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा डा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गङ्गा शाही र सीतादेवी देवकोटाले आ–आफ्नो धारणा व्यक्त गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

कार्यसमिति बिहीबार पनि बिहान ११ः३० बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार