सशस्त्र प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक

२०८२ कार्तिक २०, बिहीबार

काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपालले प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

प्रधान कार्यालय, मानवश्रोत विभाग अन्तर्गतको भर्ना तथा छनोट शाखाले बुधबार एक सूचना जारी गर्दै खुला प्रतियोगिता अन्तर्गत ७ जना उम्मेदवार छनोट भएको जानकारी दिएको हो ।

सूचना अनुसार, २०८१ साल फागुन १६ गते प्रकाशित विज्ञापनअनुसार साधारण समूह, लेखा उपसमूहतर्फ लिइएको परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको हो । आई.क्यू. परीक्षा, लिखित परीक्षा, गुणात्मक परीक्षा, शैक्षिक योग्यता र अन्तर्वार्तामा प्राप्त कुल प्राप्ताङ्कको योगका आधारमा योग्यताक्रम निर्धारण गरी मुख्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको हो ।

छनोट हुने उम्मेदवारहरुमा सन्तोष काफ्ले, सुनिल खपाङ्गी मगर, दिलिप कुमार सुनार, दिनेश प्रसाद जोशी, कृष्ण प्रसाद जोशी, बबिता अधिकारी र नवल सिंह आले मगर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार