नबिल बैंकको खुद नाफा १ अर्ब ७५ करोड ६९ लाख

२०८२ कार्तिक २०, बिहीबार

काठमाडौं : नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब २१ अर्ब लगानी गरेर १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको १४.५७ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने गत आवको सोही अवधिमा बैंकले ग्राहकलाई ४ खर्ब १२ अर्ब लगानी गरेको थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घटेको छ ।  खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशत बढेको छ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.०३ प्रतिशत र सञ्चालन मुनाफा १०.८४ प्रतिशत घटेको छ। बैंकको इम्पेरिमेन्ट चार्ज भने समीक्षा अवधिमा ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार