काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ९० रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर ३ हजार १० रूपैयाँ कायम भएको छ ।











