काठमाडौं : विभिन्न १० दल मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका १० वटा वाम घटकबीच बुधबार एकता घोषणा भएकाे थियाे । एकता भएको भोलिपल्टै नेपाली कम्युनिष्ट पार्टीले चुनाव चिह्न पाँचकुने तारा राखेर आयोगमा दल दर्ताको निवेदन दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिए ।
आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएका छन् । नेता शिव खकुरेलले पदाधिकारीलगायतका विषय टुंगिएपछि आयोगमा विधान लगायत दस्तावेज पेश गरिने जानकारी दिए ।











