नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यद्वारा पदभार ग्रहण

२०८२ कार्तिक २०, बिहीबार

काठमाडौँ : एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले आज पदभार ग्रहण गरेका छन् ।

उनी गत १७ गते बसेको सञ्चालक समितिको ७३६ औँ बैठकको निर्णय बमोजिम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पुर्याउदैँ आएका शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्स र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

सन् १९९६ देखि तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा सुरु गरेका शाक्यले हिमालयन बैंक ली., तत्कालीन लक्ष्मी बैंक लि. हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एशिया नेपाल लि.मा बिजनेस बैंकिङ्ग प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

तत्कालीन बैंक अफ एशिया नेपाल ली. र एन आई सी बैंक लि. को मर्जर प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एनआईसी एशिया बैंक लि.मा सहायक महाप्रबन्धकको रूपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तत्कालीन सिभिल बैंक लि., तत्कालीन जनता बैंक लि., ग्लोबल आईएमई बैंक लि.मा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिसकेका शाक्य यस बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त हुनुपूर्व नबिल बैंक लि.मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

प्रमुख कार्यकारी अधिकृत शाक्यको तृष्ण विश्लेषण क्षमता, स्पष्ट रणनीतिक दृष्टिकोण तथा लामो बैंकिङ्ग अनुभवका कारण यस बैंकले उनको कार्यकालमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्नुका साथै थप सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायी तथा परिणाममुखी अभ्यास गर्दै उनको दूरदृष्टि र नेतृत्वले बैंकले थप सफलता प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको शिखरमा पुर्याउने दृढ विश्वास लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार