सडक दुर्घटनामा चार जनाको मृत्यु

२०८२ कार्तिक २०, बिहीबार

काठमाडौं : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

बर्दियाको गेरूवा गाउँपालिका–२ पाताभारमा बुधबार दिउँसो धान काट्ने कम्पाइनको ठक्करबाट ७१ वर्षीय तारा सिंह हमालको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका हमालको उपचारका क्रममा राजापुर स्वास्थ्य चौकीमा मृत्यु भएको हो। कम्पाइन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, बझाङको थलारा गाउँपालिका–२ काँडामा अनियन्त्रित ट्याक्टर दुर्घटनामा परि ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको छ। घाइते ट्याक्टर चालकलाई थप उपचारका लागि धनगढी पठाइएको छ।

रूपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा मोटरसाइकल र बलेरो पिकअप ठोक्किँदा २७ वर्षीय आकाश थारूको मृत्यु भएको छ। भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार