हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौँ : नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई भेट्न माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल शुक्रवार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेर छलफलमा जुटेका छन् ।

तीन नेता बीचको पछिल्लो विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको उनी निकट नेताहरूको भनाइ छ ।

कम्युनिस्ट आन्दोलन र आगामी निर्वाचनका हिसाबले समेत गम्भीर र फराकिलो ढंगले छलफल भइरहेको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको नेताहरूको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार