प्रहरी हिरासतमा थुनुवाको मृत्यु

२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौं : जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा लागुऔषध मुद्दामा पक्राउ परेका ३५ वर्षीय गंगे सुनार रहेका छन् ।

प्रहरीका अनुसार आज बिहान करिब ६ बजे सुतेकै ठाउँमा अचेत अवस्थामा भेटिएका उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पर्याइएको थियो । तर, अस्पताल पुर्याएको केहि समयपछि चिकित्सकहरूले सुनारलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

७८ दिनअघि लागुऔषध मुद्दामा पक्राउ परेका उनी लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी थिए । उनले नियमित औषधी सेवन गरिरहेको पनि प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार