सङ्घीय र सातवटै प्रदेश संसदका पदाधिकारी संयुक्त छलफलमा

२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौँ : सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको छ । सङ्घीय संसद् सचिवालयस्थित राज्यव्यवस्था तथा सुशासन समितिको हलमा बैठक सुरु भएको हो ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल हुनेछ।

निकट स्रोतका अनुसार बैठकको मुख्य उद्देश्य सरकारले केही दिन अगाडि सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीको सचिवालय सम्बन्धी सेवा सुविधा कटौती गरेको विषयमा एकजुट भएर निर्णय गर्ने र सरकारलाई निर्णय उल्ट्याउन दबाब दिने हो । त्यसका लागि संघ र प्रदेशका संसद्का पदाधिकारीहरू छलफलमा जुटेका हुन् ।

सरकारले केही दिनअघि प्रतिनिधिसभाका उपसभामुख राष्ट्रिय सभाका उपाध्यक्ष लगायत को सचिवालयको सुविधामा कटौती गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार