मतदाता नामावलीमा नाम दर्ता गर्न प्रधानमन्त्रीको आह्वान

२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री सुशिला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् ।

नाम दर्ता गर्न तोकिएको म्याद सकिन ९ दिन मात्र बाँकी रहेको भन्दै प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् । उनले लेखेकी छन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो । मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी ।’

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार