काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठक अब आइतबार बस्ने भएको छ ।
गत असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शुक्रबारको बैठक बसेको थियो । अर्को बैठक आइतबार विहान ११ः३० बजेपछि पूनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शुक्रबारको बैठकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू— गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाई, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, मधु आचार्य, दिनेशकुमार यादव, उमेशजंग रायमाझी, राजीव ढुंगाना, अर्जुनजंगबहादुर सिंह, प्रतिमा गौतम, सुशिला मिश्र भट्ट, नानु बास्तोला, गंगालक्ष्मी अवाल, गणेश लामा, डा। जीवन राना र सीता थपलियाले आ–आफ्नो धारणा राखेका थिए ।











