लक्ष्मी सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न

२०८२ कार्तिक २२, शनिबार

काठमाडौं : लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न गर्दै शेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत बराबर रु. ७.७२ करोड (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

कात्तिक २१ गते काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण अनुमोदन गरेको हो। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम लेखा परीक्षक एन.बी.एस.एम एण्ड एशोसिएट्सलाई निरन्तरता दिने निर्णय पनि गरिएको छ।

सभामा प्रस्तुत विवरणअनुसार, कम्पनीको प्रति शेयर आम्दानी (EPS) रु. १८.२० रहेको छ भने वितरण योग्य आम्दानी १७.८३ प्रतिशत कायम भएको छ। सो आम्दानीबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरिएको कम्पनीले जनाएको छ।

नेपालको पुँजी बजारमा पहिलोपटक शेयर निष्कासन र सामूहिक लगानी कोष सञ्चालन सुरु गर्ने कम्पनीका रूपमा लक्ष्मी सनराइज क्यापिटलले तीन दशकभन्दा बढी समयदेखि धितोपत्र बजारको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

हाल कम्पनीले करिब रु. ६ अर्ब बराबरका पाँच वटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड सञ्चालन गरिरहेको छ। तीमध्ये सबै फण्डहरूले आर्थिक वर्ष २०८१/८२ मा दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार