काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले संयोजकको जिम्मेवारी घनश्याम भूसाललाई दिएको छ ।
शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूले गरेको भर्चुअल बैठकले भूसाललाई संयोजक तोकेको एक नेताले बताए । बैठकले मंसिर पहिलो साता राष्ट्रिय भेलाको समेत आयोजना गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्नलाई यथावत राख्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत बहुमत पक्ष माओवादी केन्द्रसँग पार्टी एकता गरिसकेका छन् भने रामकुकारी झाँक्री, किसान श्रेष्ठलगायतले एमालेमा फर्कने घोषणा गरेका छन् ।





