मधेसमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त

२०८२ कार्तिक २४, सोमबार

काठमाडौं : मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

अबेर राति जनकपुरधाम बाहिर पुगेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपदफा ३ बमोजिम मधेसको मुख्यमन्त्री पदमा यादवलाई नियुक्त गरेकी हुन्।

यादव एमालेबाट प्रदेशसभा सदस्य तथा एमाले मधेस प्रदेश संसदीय दलका नेता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार