काठमाडौं : इङलिस प्रिमियर लिगमा लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर सिटीले शिर्ष स्थानको आर्सनलसँगको अंक दुरी कम गरेको छ।
आइतबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले लिभरपुलमाथि ३–० को जित दर्ता गरेको हो। जितसँगै सिटीले शिर्षस्थानको आर्सनलसँगको अंक दुई ४ अंकले कम गरेको छ। ११ खेलमध्य ७ खेलमा जित, १ खेलमा बराबरी र ३ खेलमा हार भोगेको सिटी २२ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
समान खेलबाट ८ जित, २ बराबरी र एक हार भोगेको आर्सनल २६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। पहिलो हाफमा २ गोलले अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल थप्यो। पहिलो हाफको २९ औँ मिनेटमा म्याथुज नुनेजको पासमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा निको गोन्जालेजको गोलमा सिटीले अग्रता दोब्बर पार्यो। खेलको ६३ औँ मिनेटमा जिमेनी डोकीले २० यार्डबाट गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाएका थिए।





