काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ५ हजार ९ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ९ सय रूपैयाँले बढेर २ लाख ५० हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ७५ रूपैयाँ कायम भएकोमा आज १ सय ७० रूपैयाँले बढेर ३ हजार ३ सय ४५ रूपैयाँ कायम भएको छ ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १४ हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८६८ रुपैयाँमा कारोबार भईरहेको छ ।





