१४औं महाधिवेशनमा मैले गल्ती गरेकै हो : गगन थापा

२०८२ कार्तिक २७, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा विरोध गरे पनि पछि त्यसैलाई स्वीकार्दै अघि बढेर आफूले गल्ती गरेको महसुस अहिले भएको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकअन्तर्गत बिहीबार धारणा राख्नेक्रममा उनले विभिन्न घटनाको उदाहरण दिँदै आफूबाट गल्ती भएको बताएका हुन्। उनले पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व फेर्न खोज्दा नसकेको पनि बताए।

‘म १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार थिएँ। १४औँ पनि भएँ। १४औंमा शेखर कोइरालालाई सभापतिमा मत मागेकै हो। हालेकै हो। ०६८ सालदेखि शीर्ष नेताले विश्राम लिनुपर्छ भनेको रहेछु,’ उनले भने, ‘०७८ मा आइपुग्दा शेखर दाइलाई सभापति बनाउन खोजेको सकिनँ। यो बीचमा केही गलत भयो कि भन्ने लाग्छ। – जसलाई फेर्नुपर्छ भनिस त्यसैसँग काम गरिस् भन्नु भएको छ। अस्ति म लखेटिँदा, घर जल्दा यी कुरा मिश्रित भएर आएको पाएँ। मैले पार्टीका विकृति भत्काउन पर्नेजति भत्काउन सकिँन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार