कुलमानलाई मन्त्रीबाट हटाउनुपर्ने होइन र ? : शंकर पोखरेल

२०८२ कार्तिक २८, शुक्रबार

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

कुलमान संरक्षित उज्यालो नेपाल पार्टी दर्ताको केही दिनपछि पोखरेलले सामाजिक सञ्जालमा यस्तो सुझाव दिएका छ्न् । महासचिव पोखरेलले प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार