काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर २ लाख ४९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ४५ रूपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले घटेर ३ हजार २ सय ८५ रूपैयाँ कायम भएको छ ।





