सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा र श्रीमती आरजु

२०८२ कार्तिक २८, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किने भएका छन् । सिंगापुरमा रहेका सभापति देउवा आज बेलुकी नेपाल फर्किन लागेका हुन् । सभापति देउवा गत कात्तिक १० गते आफ्नी श्रीमती डा.आरजु राणासहित सिंगापुर गएका थिए ।

जेन–जी आन्दोलनको क्रममा आक्रमणमा परि घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका हुन् । जेन–जी आन्दोलनको क्रममा देउवा दम्पतीमाथि आक्रमण भएको थियो । उपसभापति पूर्वबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर विदेशिएका देउवा फर्किएपछि कांग्रेसको महाधिवेशनको मिति टुङ्गो लाग्ने धेरैको आँकलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार