काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपेको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको जानकारी दिए।
यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।








