ट्रक दुर्घटनामा ८ को मृत्यु, १५ घाइते

२०८२ कार्तिक २९, शनिबार

काठमाडौं : भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको पुणे जिल्लास्थित मुम्बई–बेङ्गलुरु राष्ट्रिय राजमार्गको नवले पुलमा आगो लागेको ट्रकले अनेकौं सवारी साधनमा ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार