मुलुकको संकट अब एमालेले समाधान गर्छ : शंकर पोखरेल

२०८२ कार्तिक २९, शनिबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सङ्कटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए ।  उनले भने, ‘जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ।’ राष्ट्रलाई वर्तमान सङ्कटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उनको जोड छ ।

महासचिव पोखरेलले भने, ‘देशको सङ्कट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार