दुई लाख ८१ हजारभन्दा बढी नयाँ मतदाता थपिए

२०८२ कार्तिक ३०, आईतवार

काठमाडौं : निर्वाचन घोषणा भएयता मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या २ लाख ८१ हजार १ सय २९ पुगेको छ ।

सरकारले मुलुक निर्वाचनमा होमिएको दाबी गर्दै आएको स्थितिमा निर्वाचनको घोषणापछि सो संख्यामा नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् । जेन–जी विद्रोहपछि गत भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा सरकार बनेसँगै यही फागुण २१ गते हुने गरी प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको थियो ।

सरकारले अध्यादेश ल्याएर मतदाता नामावली दर्ता गराउने बाटो खोलेकोले असोज ९ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले कार्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गराउने अवधि तोकिएकोमा पाँच दिन थप गरेपछि यो संख्यामा अझ वृद्धि हुने आयोगले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार