काठमाडौं : सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार सर्वोत्तम सिमेन्टले चालु वर्षको असोजसम्म ३२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१/८२ को असारसम्म कम्पनीले १ अर्ब ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको १ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ।
अघिल्लो वर्ष असारसम्म कम्पनीको आम्दानी ९ अर्ब ५५ करोड ३ लाख रुपैयाँ थियो। चालु वर्षको असोजसम्म कम्पनीको व्यापार खर्च १ अर्ब ३६ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असारसम्म कम्पनीको व्यापार खर्च ७ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिशेयर आम्दानी २६.०७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २०८.११ रुपैयाँ रहेको छ।





