कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ : हर्क साम्पाङ

२०८२ कार्तिक ३०, आईतवार

काठमाडौं : धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  नीतिले मात्र देश नबन्ने त्यसका लागि श्रमदान गर्नु पर्ने बताएका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले कलमले  मात्र मुलुक नबन्ने बताउँदै त्यसका लागि औजार चलाउनु पर्ने बताए।

‘अरू कार्यकर्ता बनाउँछन् ! हामी श्रमदाता ! अरू पार्टी बनाउँछन् ! हामी देश ! तीन करोड नेपालीको छ करोड हात ! चलाउनु पर्छ एकै साथ !,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कलमले मात्रै बन्दैन देश ! औजार चलाउनु पर्छ ! नीतिले मात्रै बन्दैन देश ! श्रमदान गर्नु पर्छ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार