काठमाडौं : अमेरिकाबाट डिपोर्ट गरिएका ६ जना नेपाली नागरिक राति एयर इन्डिया (AI-211) उडानमार्फत दिल्ली हुँदै काठमाडौं आइपुगेका छन्।
विमान शनिबार राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । डिपोर्ट भएकामध्ये चारजना दाङका, एकजना काठमाडौंका र एकजना बागलुङका रहेका छन्।
उनीहरूलाई भिसा उल्लंघन तथा आप्रवासनसम्बन्धी अन्य कारणहरूका आधारमा अमेरिका सरकारले नेपाल फर्काएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।





