आन्दोलन नरोक्ने दुर्गा प्रसाईँको घोषणा

२०८२ मंसिर १, सोमबार

काठमाडौँ : राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले यही ७ मंसिरदेखि अनिश्चित कालीन आन्दोलन गरी मेचीदेखि महाकाली ठप्प पार्ने बताएका छन् ।

व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्ने उनको घोषणा छ । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आन्दोलन नरोक्ने बताए । उनले घरमै बसेर एनपीएल हेर्न सुझाव दिए ।

प्रसाईँले भने, ‘व्यवस्था परिवर्तन नभएसम्म छ्याप्पै महेन्द्र राजमार्गमा बस्ने हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोकान व्यवसाय बन्द हुन्छ । थपक्क घरमा बस्ने र क्रिकेट हेर्ने । बाटामा नआउने ।’ प्रसाईँले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन् ।

उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखे । प्रसाईँले जेनजीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकार निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार