दुर्गा प्रसाईं मध्यरातमा पक्राउ

२०८२ मंसिर २, मंगलवार

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति  दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

उनलाई अहिले जिल्ला प्रहरी प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएकाे आराेप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार