काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा छलफल गरेकी हुन् । उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । त्यसका लागि सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ थियो।
तर, उक्त छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह भने गएनन् । उनी किन गएनन् भन्ने खुलाइएको छैन ।





